News Griha :: न्यूजगृह
दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ— पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस सोमबार बिहान लमही नगरपालिका ४ वनगाउँमा पल्टिँदा चालकसहित १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०७:५५
Weather Update