News Griha :: न्यूजगृह
सरकारी साक्षीले नै बयान फेरेपछि...

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रुपमा गलत बयान दिएको अभियोगमा काठमाडौं गोकर्णेश्वरका ज्ञानहरि लामाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

प्रतिवादी योगेन्द्र ढुङ्गेलविरुद्धको मुद्दामा सरकारी साक्षीको रुपमा रहेका लामाले गलत बकपत्र गरेको पाइएपछि आयोगले एक लाख ५० हजार बराबरको बिगो दाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

त्यस्तै आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायबसुब्बा प्रमोद पाण्डे प्रतिवादी रहेको एक भ्रष्टाचारसम्बन्धी मुद्दामा पनि गलत बयान दिएको पाइएपछि आयोगले दैलेख नौमुले गाउँपालिकाका देवबहादुर थापाविरुद्ध पनि आइतबार नै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

विशेष अदालतमा रहेको मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका थापाले गलत बयान दिएको आयोगको आरोप छ । आरोपितलाई कैद र ३० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २१:१०
Weather Update