News Griha :: न्यूजगृह
८ लाख मूल्य बराबरका १ सय थान वाकिटकी बरामद

काठमाडौं— सशस्त्र प्रहरीले सप्तरीबाट १ सय थान रेडिओ सेट ‘वाकिटकी’ बरामद गरेको छ ।

भारतबाट अवैध तवरले भित्राइएको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बलले छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट बरामद गरेको हो । 

सशस्त्र प्रहरीका अनुसार रेडिओ सेट ल्याउने व्यक्ति भने फरार भएका छन् । बरामद रेडिओ सेट आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०८:५२
Weather Update