News Griha :: न्यूजगृह
सरकारलाई सांसद केसीको प्रश्न— महंगी बढेको छ, सरकार के हेरेर बसेको छ ?

काठमाडौं— नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारलाई महंगी नियन्त्रण गर्न गम्भीर भएर लाग्न तथा राहतका कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा चाडपर्वको समयमा महंगी आकासिएको र कालोबजारी बढेकोमा सरकारको ध्यानाकर्षण गराउँदै उनले राहत कार्यक्रम ल्याउनुपर्ने माग गरे । 

उनले भने,‘साना तथा मझौला उद्योग बन्द भएका छन् । औद्योगिक क्षेत्र हतोत्साही छ । आर्थिक मन्दी र बेरोजगारीबाट नेपाली जनता निरास भएको बेला कालोबजारीको जगजगी छ । पश्चिम नेपालमा खाद्यान्नको अभाव सुनिएको छ । महंगी आकासिएको छ । चाडपर्वको अवस्थामा यो किसिमको स्थिति जुन छ त्यतातिर सरकार के हेरेर बसेको छ ? गम्भीरतापूर्वक राहत कार्यक्रम ल्याओस् ।’

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १४:२२
Weather Update