गृहमन्त्री श्रेष्ठलाई सामाजिक सञ्जालमा अपशब्दसहित गाली गर्ने एक पक्राउ

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सामाजिक सञ्जालमा अपशब्दसहित गाली गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका—२ बस्ने दीपक गलामीलाई सामाजिक सञ्जालमार्फत गृहमन्त्री श्रेष्ठविरुद्ध अपशब्द लेखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रमुख निरीक्षक प्रदीप पौडेलले गलामीलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० १२:५४













