News Griha :: न्यूजगृह
बौद्धिक अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

गोरखा— बौद्धिक अपांगता भएकी ३१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा गोरखा नगरपालिका– ४ का ४२ वर्षीय दीपकबहादुर बानियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ २१ गते विवाह गर्छु भनी ललाइफकाइ जबर्जस्ती करणी गरेको भन्दै पीडितका आफन्तमार्फत जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार पक्राउ परेका आरोपितविरुद्ध जिल्ला अदालत गोरखामा जबर्जस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २०:३४
Weather Update