News Griha :: न्यूजगृह
एक करोड बढी घोटालाको आरोप लागेका असई कार्की दोषी ठहर

काठमाडौं— नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटाला गरेको आरोप लागेका सहायक निरीक्षक (असई) दिलिप कार्की दोषी ठहर भएका छन् ।

विशेष अदालतका सदस्यत्रय न्यायाधीश यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले कार्कीलाई सोमबार दोषी ठहर गरेको हो ।

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५२०७५/७६ मा कार्कीले एक करोड ८ लाख ९९ हजार एक सय ८४ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असई कार्कीलाई २०७७ साउन ३० मा नियन्त्रणमा लिएको थियो । पम्पमा कार्यरत रहँदा असई कार्कीले एक करोड आठ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको देखिएपछि प्रहरी मुख्यालयले अख्तियारमा पत्र पठाएको थियो । सोही पत्रको आधारमा अख्तियारले असई कार्कीलाई पक्राउ गरेको थियो । उनीविरुद्ध आयोगले २०७८ साउन ३१ मा विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १९:२१
Weather Update