News Griha :: न्यूजगृह
अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताउने पहिलो अमेरिकी अन्तरिक्षयात्री फ्राङ्क रुबियो
अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताउने पहिलो अमेरिकी अन्तरिक्षयात्री फ्राङ्क रुबियो नासाका अन्तरिक्षयात्री डा. फ्राङ्क रुबियो अन्तरिक्षमा एक वर्षभन्दा बढी बिताएर पृथ्वीमा फर्किएका छन् । अन्तरिक्षमा सबैभन्दा बढी अर्थात् ३७१ दिन बिताउने उनी पहिलो अमेरिकी अन्तरिक्ष यात्री बनेका छन् । 
परीक्षामा थोरै नम्बर ल्याएको भन्दै विद्यार्थीमाथि कुटपिट
परीक्षामा थोरै नम्बर ल्याएको भन्दै विद्यार्थीमाथि कुटपिट बुद्धभूमि नगरपालिका–३ रनगाई परीक्षामा सबैभन्दा कम अङ्क ल्याएको भन्दै विद्यार्थीमाथि कुटपिट भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत ११ वर्षीय छात्रामाथि कुटपिट भएको हो । उनी बढी अङ्क ल्याउने छात्रबाट कुटिएकी हुन् । 
सुर्खेतको एक विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिए, विद्यालय परिसर तनावग्रस्त  
सुर्खेतको एक विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिए, विद्यालय परिसर तनावग्रस्त   वीरेन्द्रनगर  नगरपालिका-६ घण्टाघर नजिक रहेको स्कुलको होस्टेलमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ का सलाम पुलामी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
आइतबार शिक्षामन्त्री राईले शिक्षा विधेयक संसदमा पेस गर्ने 
आइतबार शिक्षामन्त्री राईले शिक्षा विधेयक संसदमा पेस गर्ने  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले भोलि आइतबार (१४ असोज) प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक २०८० पेस गर्ने भएका छन् ।
धौलागिरि आरोहण सुरु
धौलागिरि आरोहण सुरु धौलागिरि हिमाल आरोहण सुरु भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि  म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ ।
ईसीडी शिक्षकलाई स्थायी हुने अवसर
ईसीडी शिक्षकलाई स्थायी हुने अवसर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिसँग शुक्रबार गरेको सहमतिको बुँदा १ ‘ख’ मा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई स्थायी हुने बाटो खोलिदिएको छ ।
शनिबार चट्याङसहित हल्का वर्षाको सम्भावना
शनिबार चट्याङसहित हल्का वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा यसवर्ष औसत समयभन्दा ढिलो मनसुन बाहिरिने जनाएको छ ।मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यो वर्ष केही ढिलो हुने महाशाखाले एक बुलेटिन जारी गर्दै भनेको छ ।
आजदेखि सोह्रश्राद्ध आरम्भ 
आजदेखि सोह्रश्राद्ध आरम्भ  आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।
खटाइएको ठाउँमा सात दिनभित्र हाजिर हुन कर्मचारीहरूलाई मन्त्रालयको निर्देशन
खटाइएको ठाउँमा सात दिनभित्र हाजिर हुन कर्मचारीहरूलाई मन्त्रालयको निर्देशन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा, पदस्थापन तथा काज खटाइएका कर्मचारीहरूलाई एक साताभित्र तोकिएको कार्यालयमा हाजिर निर्देशन दिएको छ । सरुवा गरिएका, काज खटाइएका वा फिर्ता गरिएका, कर्मचारी समायोजनबाट खटाइएका कर्मचारीहरूले रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले एक साताभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन...
यो वर्षको एसईई आगामी चैत पहिलो सातादेखि
यो वर्षको एसईई आगामी चैत पहिलो सातादेखि  यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका अनुसार चैत पहिलो सातादेखि परीक्षा हुने भएको हो ।
पाकिस्तानको बलुचिस्तानमा आत्मघाती बम विस्फोट, ५२ को मृत्यु
पाकिस्तानको बलुचिस्तानमा आत्मघाती बम विस्फोट, ५२ को मृत्यु पाकिस्तानको बलुचिस्तानमा शुक्रबार आत्मघाती बम विस्फोटमा परी ५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी अधिकारी पनि छन् । बलुचिस्तानको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा परी करिब ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यम डनन्यूजले जनाएको छ ।
Weather Update