News Griha :: न्यूजगृह
परीक्षामा थोरै नम्बर ल्याएको भन्दै विद्यार्थीमाथि कुटपिट

कपिलवस्तु— बुद्धभूमि नगरपालिका–३ रनगाई परीक्षामा सबैभन्दा कम अङ्क ल्याएको भन्दै विद्यार्थीमाथि कुटपिट भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत ११ वर्षीय छात्रामाथि कुटपिट भएको हो । उनी बढी अङ्क ल्याउने छात्रबाट कुटिएकी हुन् । 

विद्यालयका एक शिक्षकले परीक्षामा थोरै अङ्क ल्याउनेलाई धेरै अङ्क ल्याउनेले पिट्ने नियम बनाएका थिए । प्रतिस्पर्धामा सबैभन्दा थोरै नम्बर आएपछि आफ्नै साथीबाट कुटाइ खाएको पीडित बालिकाले बताइकी छन् । कुटपिटबाट छात्राको ढाडमा चोट लागेको छ ।  

यसैबीच, कपिलवस्तु नगरपालिकाको सनसाइन आवासीय माविमा होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नभएपछि ११ वर्षीय अर्की छात्रा शिक्षकबाट कुटिएकी छन् । 

कम्प्युटर विषयका शिक्षकले कक्षा ५ मा अध्ययनरत ११ वर्षीय छात्रालाई पिट्दा देब्रे र दाहिने पाखुरा र हातमा नीलडाम बसेको छ । घटनाबारे अभिभावकले प्रहरीमा उजुरी दिएका छन् । 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १५:००
Weather Update