ईसीडी शिक्षकलाई स्थायी हुने अवसर

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिसँग शुक्रबार गरेको सहमतिको बुँदा १ ‘ख’ मा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई स्थायी हुने बाटो खोलिदिएको छ ।
मन्त्रालयले सात बुँदामा उनीहरूको माग सम्बोधन गरेको छ । यसबाट ३६ हजार ९ सय ९५ ईसीडी शिक्षक लाभान्वित हुने बताइएको छ ।
‘प्रारम्भिक बालविकास शिक्षामा कार्यरत सहयोगी सहजकर्तालाई कायम दरबन्दी बमोजिम आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर र आन्तरीकको शत प्रतिशतको व्यवस्था गर्नुपर्ने,’ ईसीडीका मागमा मन्त्रालयले हस्ताक्षर गरेको छ ।
मन्त्रालयले ‘प्रारम्भिक बाल विकासमा कार्यरतलाई शिक्षकको दर्जा दिई प्राथमिक तहको तृतीय श्रेणीको शिक्षक सरहको तलब तोकिनु पर्ने,’ मा पनि सहमति जनाएको छ ।
यो पनि पढ्नुहोस
ईसीडी शिक्षकका मागमा सरकारले गर्यो सहमति
राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता
प्रकाशित मिति: शनिबार, असोज १३, २०८० ०७:०६