
काठमाडौं— सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)का मागमा सरकारले सहमति गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आन्दोलनरत बालविकास, राहत, पेन्सिन वञ्चित शिक्षक प्रतिनिधिसँग शिक्षामन्त्री अशोक राईले मागमा लिखित सहमति जनाएका हुन् ।
बैठकमा सहभागी नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समिति अध्यक्ष कृष्ण कुमारी थापा मगरले बालविकास शिक्षकका मागमा सहमति भएको जानकारी दिइन् । उनले भनिन्, ‘सरकारले बालविकास शिक्षकले उठाएका मागमा लिखित सहमति जनाएको छ ।’
ईसीडी शिक्षकले सरकारले तलबको जिम्मेवारी लिनुपर्ने, बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याइनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, २० वर्षदेखि कार्यरतलाई स्वतः स्थायी प्रक्रियामा लैजानुपर्ने,बालविकास शिक्षकलाई आधारभूत तह (१–५) शिक्षक सरह तलब हुनुपर्ने,आन्तरिक प्रतिस्पर्धामा फेल हुने विद्यार्थीलाई अनुदानको व्यवस्था हुनुपर्ने माग राखेका थिए ।
यो पनि पढ्नुहोस
यस्तो छ सहमति पत्र
तस्बिर गणेश बुढा