राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं— आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति भएको छ ।
शुक्रबार दिउँसो सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुइै पक्षबीत सहमति जुटेको हो ।
सरकारसँग सहमति भएसँगै आन्दोलनको कार्यक्रम स्थगित भएको छ ।
शिक्षकको राष्ट्रिय परिचयपत्र मन्त्रालयको लोगोसहितको हुने गरी शिक्षकको मर्यादाक्रम रहने व्यवस्था गर्ने, शिक्षक सरुवाको विषयमा महिलालाई ६ महिना परीक्षणकाल र पुरुषको हकमा १ वर्ष हुने गरी पहिला कै व्यवस्था हुने,पेन्सनको विषयमा अबको विज्ञापनदेखि योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था, राहत शिक्षकको शतप्रतिशतसहित विशेष पाठ्यक्रम बनाएर एक पटकलाई आन्तरिक परीक्षाको व्यवस्था गर्नेलगायतका विषयमा सहमति भएको जनाइएको छ ।
बैठकमा शिक्षामन्त्री अशोक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी सहभागी थिए ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० १६:२०