News Griha :: न्यूजगृह
सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्तासहित २ जना भ्रष्टाचारी ठहर
सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्तासहित २ जना भ्रष्टाचारी ठहर विशेष अदालतका सदस्य यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारूको इजलासले गुप्तासहित इन्जिनियर रामचन्द्र साहलाई पनि भ्रष्टाचारी ठहर गरेको हो । उनीहरूमाथि एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप थियो ।
जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग घुस लिने नासु र खरिदार पक्राउ  
जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग घुस लिने नासु र खरिदार पक्राउ   उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी  कार्यालयबाट खटिएको टोलीले १ लाख ५० हजार रुपैयाँ घुस लिएकै बेला रंगेहात पक्राउ गरेको हो । जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग उनीहरूले घुस मागिरहेको भन्ने सूचना पाएपछि गएको टोलीले इनरुवास्थिथ मालपोत चोकबाट पक्राउ गरेको हो ।
चिकित्सक कुटपिट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सक कुटपिट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सक  कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।चिकित्सकमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघसंस्थासँगको छलफलमा शुक्रबार समितिले सो निर्देशन दिएको हो ।
ईसीडी शिक्षकका मागमा सरकारले गर्‍यो सहमति
ईसीडी शिक्षकका मागमा सरकारले गर्‍यो सहमति सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)का मागमा सरकारले सहमति गरेको छ ।
राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता 
राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता  आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति भएको छ । शुक्रबार दिउँसो सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा  दुइै पक्षबीत सहमति जुटेको हो । सरकारसँग सहमति भएसँगै आन्दोलनको कार्यक्रम स्थगित भएको छ ।
ईसीडी–राहत शिक्षक र सरकारबीच वार्ता जारी
ईसीडी–राहत शिक्षक र सरकारबीच वार्ता जारी आन्दोलनरत नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समिति,राहत शिक्षक केन्द्रीय समिति र सरकारबीच सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता जारी छ ।विभिन्न माग राख्दै यही असोज ३ गतेदेखि आन्दोलन गर्दै आएका उनीहरुलाई सरकारले बिहीबार वार्तामा बोलाएको हो ।वार्तामा सहभागी एक शिक्षकका अनुसार वार्तामा शिक्षकका विभिन्न मागका विषयमा छलफल...
सप्तरीको योगीनियामा आगलागीबाट चार घर नष्ट
सप्तरीको योगीनियामा आगलागीबाट चार घर नष्ट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगीनियास्थित दलित बस्तीमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।भगवती मन्दिर नजिकै रहेको रोहित रामको घरमा आगलागी हुँदा चार वटा जस्ताले छाएको घर, खाद्यान्न सामग्री, दुई गाई, दुई साइकल, लत्ताकपड़ा, भाँडाकुँडा, फर्निचरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमान नगरले...
आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह
आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गरे ।
सोह्रश्राद्धका लागि मुक्तिनाथमा चहलपहल
सोह्रश्राद्धका लागि मुक्तिनाथमा चहलपहल हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध) का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो ।
एन प्याब्सनमा अध्यक्षको कार्यकाल विवादमा
एन प्याब्सनमा अध्यक्षको कार्यकाल विवादमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) मा अध्यक्षको कार्यकालमा विवाद देखिएको छ ।
एमाले बाग्मती प्रदेश अधिवेशनमा मतदान सुरु
एमाले बाग्मती प्रदेश अधिवेशनमा मतदान सुरु नेकपा एमाले बाग्मती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज सुरु भएको छ ।असोज ९ गते नै नेतृत्व चयनको तयारी गरेको एमालेले सर्वसम्मतिको प्रयास लम्बिँदा निर्वाचन धकेलिएको हो ।बाग्मती प्रदेशको आगामी नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिस्पर्धा हुँदै छ ।
सिन्धुलीमा गाडी दुर्घटना, १० घाइते
सिन्धुलीमा गाडी दुर्घटना, १० घाइते सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटार नजिक गाडी दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको गाडी बिहान साढे ७ बजेतिर सडकमा पल्टिएको थियो ।
Weather Update