News Griha :: न्यूजगृह
एमाले बाग्मती प्रदेश अधिवेशनमा मतदान सुरु

काठमाडौं— नेकपा एमाले बाग्मती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज सुरु भएको छ ।

असोज ९ गते नै नेतृत्व चयनको तयारी गरेको एमालेले सर्वसम्मतिको प्रयास लम्बिँदा निर्वाचन धकेलिएको हो ।

बाग्मती प्रदेशको आगामी नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिस्पर्धा हुँदै छ ।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बाग्मती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुंगेलले उम्मेदवारी दिएका थिए । त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए ।

सानु श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुढाथोकीले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १२:२९
Weather Update