चिकित्सक कुटपिट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं— शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सक कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।
चिकित्सकमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघसंस्थासँगको छलफलमा शुक्रबार समितिले सो निर्देशन दिएको हो ।
चिकित्सकमाथि दुर्वव्यवहार गर्नेलाई कारबाही गर्न र सुरक्षित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने र स्वास्थ्य क्षेत्रका समस्याबारे अध्ययन गर्न उपसमिति गठन गर्ने तथा कार्यदल गठन गर्ने समिति सभापति भानुभक्त जोशीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० १७:०२













