जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग घुस लिने नासु र खरिदार पक्राउ

काठमाडौं— सुनसरीको इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् ।
उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले १ लाख ५० हजार रुपैयाँ घुस लिएकै बेला रंगेहात पक्राउ गरेको हो । जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग उनीहरूले घुस मागिरहेको भन्ने सूचना पाएपछि गएको टोलीले इनरुवास्थिथ मालपोत चोकबाट पक्राउ गरेको हो ।
उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० १७:५२













