त्रिविका उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गर्ने थप एक पक्राउ बिहीबार, असोज ११, २०८०

इन्डो प्यासिफिक क्षेत्रका सेना प्रमुखहरूको सम्मेलनमा भाग लिएर स्वदेश फर्किए प्रधानसेनापति शर्मा बिहीबार, असोज ११, २०८० नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा भएको तेह्रौं संस्करणको इन्डो प्यासिफिक क्षेत्रका सेना प्रमुखहरूको सम्मेलन (आईपीएसीसी) मा सहभागी भएर प्रधानसेनापति शर्मा बिहीबार स्वदेश फर्किएका हुन्।

खोटाङमा जीप चालकको शव भेटियो, घटना शङ्कास्पद बिहीबार, असोज ११, २०८० रावाबेँसी गाउँपालिका– ४ डुम्रेधारापानीमा जीप चालक नवराज आचार्यको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । ३३ वर्षीय जीप चालक आचार्यको शव बिहीबार ऐसेलुखर्क गाउँपालिकाको वडा नं ३ ऐसेलुखर्क बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयको गेट नजिकै फेला परेको हो ।

एनआईसी एशिया बैंकका शाखा प्रबन्धकविरुद्ध ठगीको उजुरी, अनुसन्धान गर्दै प्रहरी बिहीबार, असोज ११, २०८० बैंकबाट ऋण लिएका ऋणीले शाखा प्रबन्धक गुप्तासहित बैंकका कर्मचारीले ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा आएको प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उज्बेकिस्तानको विमानस्थल नजिकैकाे गोदाममा विस्फोट बिहीबार, असोज ११, २०८० उज्बेकिस्तानको राजधानी तासकन्दस्थित विमानस्थल नजिकैको गोदाममा गएराति चट्याङका कारण आगो लागेपछि विस्फोट भएको छ ।विस्फोटमा परी एक जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएको मध्य एसियाली मुलुक उज्बेकिस्तानका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । ‘विष्फोटमा परी १७ वर्षीय एक किशोरको मृत्यु भएको छ,’उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले टेलिग्राममा भनेको...

जुद्ध सालिकदेखि हिँडेर राष्ट्रपति पौडेलले गरे इन्द्रजात्रा अवलोकन बिहीबार, असोज ११, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवम् ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

जब क्रिकेटर दीपेन्द्रसिंह ऐरीका बुबाले छोराको सफलता मोबाइलमा देखे बिहीबार, असोज ११, २०८० १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मंगोलिया विरुद्धको खेलमा ९ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो ।

सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे बिहीबार, असोज ११, २०८० सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताएका छन् ।सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा बिहीबार सूचनाको हकका लागि राष्ट्रिय महासंघले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको उद्घाटन गर्दै उनले सूचनाको हकको संरक्षणका लागि संविधानमा मौलिक हकका रुपमा राखिएको विषयलाई नियन्त्रण गरेर अपारदर्शीरुपमा शासन...

ईसीडी र राहत शिक्षकका माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह बिहीबार, असोज ११, २०८० सत्तारुढ नेकपा माओवादी केन्द्रले संसदमा पेस भएको शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

माइतीघरमा चिकित्सक आन्दोलन जारी, पेसागत सुरक्षा माग बिहीबार, असोज ११, २०८० सुरक्षा माग गर्दै चिकित्सकले बिहीबार पनि आन्दोलन जारी राखेका छन् ।मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका चिकित्सकमाथि कुटपिट भएको विरोधमा चिकित्सकले काठमाडौंको माइतीघरमा आन्दोलन गरेका हुन् ।

इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पुगे बालेन बिहीबार, असोज ११, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साह इन्द्रजात्रा अवलोकन गर्न बिहीबार बसन्तपुर पुगेका छन् ।वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

प्रधानमन्त्री दाहालले गरे कैलास पर्वतको अवलोकन बिहीबार, असोज ११, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज कैलास पर्वतकाे अवलाेकन गरेका छन् ।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बुधबार तिब्बतको ल्हासा पुगेका थिए ।

स्वास्थ्यकर्मी कुटपिटमा संलग्नलाई कारबाही गर्न गृहको पत्राचार बिहीबार, असोज ११, २०८० गृह मन्त्रालयले केही समययता स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवम् कानुनी कारबाही गर्ने प्रतिबद्धता मन्त्रालयले व्यक्त गरेको हाे ।









