प्रधानमन्त्री दाहालले गरे कैलास पर्वतको अवलोकन

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज कैलास पर्वतकाे अवलाेकन गरेका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बुधबार तिब्बतको ल्हासा पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्ड कैलास पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थलबाट तिब्बत एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरे ।
प्रधानमन्त्री प्रचण्ड गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८० १४:०५













