News Griha :: न्यूजगृह
त्रिविका उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गर्ने थप एक पक्राउ  

काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपप्रध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने थप एक जना पक्राउ परेका छन् ।

२०७७ असोज २० गते विश्वविद्यालय परिसरमा उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने मध्ये सयुस श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

चलाउनेमाथि कुटपिट गर्ने ५ जना यसअघि नै पक्राउ परेर धरौटीमा छुटेका छन् । चलाउनेमाथि कुटपिट गर्ने अर्का एक जना अझै फरार छन् । उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चलाउनेमाथि कुटपिट घटनाका मुख्य योजनाकार हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्धकोमुद्दा फिर्ता लिने तयारी सरकारले गरेको थियो । उपप्राध्यापक चलाउने न्याय माग्दै अनशनसमेत बसेका थिए ।

आरोपित नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघसँग आबद्ध छन् । चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १९:४३
Weather Update