News Griha :: न्यूजगृह
प्रेम चलाउने सर्वोच्चमा 

काठमाडौं—  आफूमाथि सांघातिक आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत गएका छन् ।

आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय बदर गर्न माग गर्दै बुधबार उपप्राध्यापक चलाउने रिट लिएर सर्वोच्च पुगेका हुन् ।

मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको रिट निवेदनमा दाबी गरिएको छ । चलाउनेमाथि २०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा आक्रमण भएको थियो । 

यो पनि पढ्नुहोस

‘उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता गर्नु निन्दनीय’ 

मैले न्याय नपाए अदालतप्रति आम जनताको भरोसा टुट्छ : प्रेम चलाउने

आमरण अनशनमा बसेका उपप्राध्यापक चलाउनेले भने— एक्लो व्यक्तिसँग राज्य लड्यो

उपप्राध्यापक चलाउने पक्राउ

उक्त घटनामा नेपाल विद्यार्थी संघ त्रिवि इकाई समितिका तत्कालीन सभापति हरि आचार्य, सचिव योगेन्द्र रावललगायत विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । तर, मन्त्रिपरिषद्ले चलाउनेमाथि आक्रमण गर्नेविरुद्ध अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । त्यसविरुद्ध चलाउने चरणबद्ध आन्दोलनमा छन् । 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १५:४३
Weather Update