News Griha :: न्यूजगृह
इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पुगे बालेन

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साह इन्द्रजात्रा अवलोकन गर्न बिहीबार बसन्तपुर पुगेका छन् ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।

balen-indra-jatra-1695902011.jpgभाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

इन्द्रजात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा छ ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १४:५५
Weather Update