News Griha :: न्यूजगृह
कार्यालय पुगेपछि दैनिक १५ मिनेट योग अभ्यास गर्न गृह मन्त्रालयको परिपत्र 
कार्यालय पुगेपछि दैनिक १५ मिनेट योग अभ्यास गर्न गृह मन्त्रालयको परिपत्र  गृह मन्त्रालयले दैनिक योग अभ्यास गर्न मातहतका कर्मचारीहरूलाई परिपत्र गरेको छ । उपसचिव भीमकान्त शर्माले सबै महाशाखाका प्रमुखहरूलाई गरेको पत्राचारमा बिहान कम्तीमा १५ मिनेट योग अभ्यास गर्नुपर्ने उल्लेख छ।
विकासको नाममा गाउँगाउँ बाटो पुर्‍याउने होडबाजी रोक्नुपर्छ : मन्त्री किराती
विकासको नाममा गाउँगाउँ बाटो पुर्‍याउने होडबाजी रोक्नुपर्छ : मन्त्री किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विकासका नाममा गाउँगाउँमा बाटो पुर्‍याउने होडबाजीलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । बुधबार ४४ औं पर्यटन दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
आँबुखैरेनीमा विद्युतबाट युरिया मल उत्पादन सम्भाव्यता अध्ययनको जिम्मा मलेसियन कम्पनीलाई
आँबुखैरेनीमा विद्युतबाट युरिया मल उत्पादन सम्भाव्यता अध्ययनको जिम्मा मलेसियन कम्पनीलाई तनहुँको आँबुखैरेनीमा स्थापना गर्न प्रस्ताव गरिएको विद्युतीय ऊर्जाबाट चल्ने यस्तो कारखानाको विस्तृत सम्भाव्यता अध्ययनका लागि मलेसियाको रिन्कोलास्डन बीएचडी कम्पनीसँग समझदारी भएको बोर्डले जनाएको छ ।
संविधान संशोधन नगरी शिक्षकका माग पूरा गर्न सकिन्छ : रमेश लेखक
संविधान संशोधन नगरी शिक्षकका माग पूरा गर्न सकिन्छ : रमेश लेखक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन नगरी पनि शिक्षा विधेयक संशोधन गर्न सकिने बताएका छन् ।
ईःलाई बालेनले भने—गरिबको सधैंको लागि बोल्दिने काठमाडौं महानगर छ
ईःलाई बालेनले भने—गरिबको सधैंको लागि बोल्दिने काठमाडौं महानगर छ काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अभियन्ता ईः लाई सम्बोधन गर्दै गरिबका लागि सधैं बोलिदिने काठमाडौं महानगर भएको बताएका छन् ।
शिक्षक आन्दोलनलाई सघाइरहेका रमेश बाबु भट्टराई
शिक्षक आन्दोलनलाई सघाइरहेका रमेश बाबु भट्टराई काठमाडौंमा शिक्षकको आन्दोलन जारी छ । आन्दोलन कहिलेसम्म हुन्छ भन्न सकिने अवस्था छैन । आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलाएको छैन । त्यसैले शिक्षकले भोकप्यास नभनी आन्दोलन गरिरहेका छन् काठमाडौंको माइतीघर—नयाँ बानेश्वर सडकमा ।
ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह
ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै विगत ८ दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ईःको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
ईसीडी र राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप
ईसीडी र राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) र राहत शिक्षकको संयुक्त आन्दोलनमा बुधबार नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको छ ।विभिन्न माग राख्दै ६ दिनदेखि माइतीघर मण्डला—नयाँ बानेश्वर सडकमा आन्दोलन गरिरहेका शिक्षकलाई प्रहरीले हस्ताक्षेप गरेको हो । शिक्षकले बल गरेर निषेधित क्षेत्र तोडेर संघीय संसद् भवनतर्फ जान खोजेपछि प्रहरीले रोकेको हो । प्रहरीले...
पोखराका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
पोखराका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द मणिपाल अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको घटनालाई लिएर बुधबार पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक संघ गण्डकीले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्न आह्वान गरेकामा त्यसमा नेपाल चिकित्सक संघले ऐक्यबद्धता जनाएको थियो ।
विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का
विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का राजस्व छलीको आशङ्कामा भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ ।  राजस्व छलीको आशङ्कामा नेपालका खर्बपति व्यापारी चौधरीले स्थापना गरेको सहायक कम्पनी सीजी कर्प ग्लोबलको जयपुर कार्यालय, दौसा र सिकरलगायतका ५ स्थानमा मंगलबार आयकर विभागले छापा...
इन्द्रजात्राको अघिल्लो दिन कुमारीको पूजा
इन्द्रजात्राको अघिल्लो दिन कुमारीको पूजा इन्द्रजात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीको पूजा गरिएको छ ।नेवारी समुदायमा बेल विवाह नगरेका बालिकालाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । तर यो पूजा रोयल कुमारीको भने नभएको र ५०५ कन्या कुमारी पूजा भएको राजन महर्जनले जानकारी दिए ।
इराकमा विवाह समारोहमा आगलागी हुँदा ११३ जनाको मृत्यु
इराकमा विवाह समारोहमा आगलागी हुँदा ११३ जनाको मृत्यु इराकको उत्तरी निनेभेह प्रान्तमा एक विवाह समारोहमा आगलागी हुँदा ११३ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् ।स्थानीय अधिकारी र आपतकालीन सेवाका अनुसार आागलागीमा परी ठूलो मानवीय क्षति भएको छ । निनेभेहका डेपुटी गभर्नर हसन अल–अल्लाकले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘अहिलेसम्म ११३ जनाको मृत्यु भएको...
Weather Update