News Griha :: न्यूजगृह
ईःलाई बालेनले भने—गरिबको सधैंको लागि बोल्दिने काठमाडौं महानगर छ

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अभियन्ता ईःलाई सम्बोधन गर्दै गरिबका लागि सधैं बोलिदिने काठमाडौं महानगर भएको बताएका छन् ।

बालेन र उपमेयर सुनिता डंगोललाई चुनावी वाचा सम्झाउँदै राष्ट्रिय सभागृहबाहिर अभियन्ता ईःलगायत ९ दिनदेखि उभिएर प्रदर्शन गरिरहेका छन् । उनीहरुको स्वास्थ्य समस्या पनि बढ्दै गएको छ ।

मिडिया, मानव अधिकार आयोगलगायतको दबाबका कारण मेयर साहले बुधबार सामाजिक सञ्जालमार्फत ७ बुँदे धारणा सार्वजनिक गरेका हुन् । जहाँ उनले गरिबका लागि महानगर भएको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,‘मैले चुनावी एजेन्डा बिर्सिएको छैन र बिर्सिन्न पनि । गरिबको सधैंको लागि बोल्दिने काठमाडौं महानगर छ ।’

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १७:२१
Weather Update