News Griha :: न्यूजगृह
मानव स्रोतले अभिमुखीकरण कार्यक्रम गर्ने, सबै इकाईलाई पत्र
मानव स्रोतले अभिमुखीकरण कार्यक्रम गर्ने, सबै इकाईलाई पत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले यही असोज १४ देखि १६ गतेसम्म २०८०/८१ को वार्षिक कार्यक्रम अभिमुखीकरण सञ्चालन गर्ने भएको छ ।
प्रधानमन्त्री दाहाल ल्हासामा, पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने
प्रधानमन्त्री दाहाल ल्हासामा, पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन् ।
चाडबाड नजिकिएसँगै बजार अनुगमन तीव्र, मापदण्डविपरीत सञ्चालित पसल बन्द
चाडबाड नजिकिएसँगै बजार अनुगमन तीव्र, मापदण्डविपरीत सञ्चालित पसल बन्द चाडबाड नजिकिएसँगै गमगढीमा बजार अनुगमन तीव्र पारिएको छ । अनुगमनका क्रममाः मापदण्डविपरीत सञ्चालित पसल बन्द गराइएको छ ।खाद्यान्न, खुद्रा, फेन्सी इलेक्टोनिक, सिलाइकटाइ, मोबाइल, तरकारी, होटल, मदिरा, डिजेल, पेट्रोल, मासु पसल पसलका अनुगमन गर्दा मापदण्डविपरीत पाइएको हो ।
पर्यटन दिवस मनाउन सार्वजनिक बिदा
पर्यटन दिवस मनाउन सार्वजनिक बिदा बर्दियाको ठाकुरबाबा नगरपालिकाले ४४औं विश्व पर्यटन दिवस मनाउन आज सार्वजनिक बिदा दिएको छ ।
‘शिक्षक कर्मचारीले संविधान विपरीतका माग राख्न हुँदैन’
‘शिक्षक कर्मचारीले संविधान विपरीतका माग राख्न हुँदैन’ राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले शिक्षक कर्मचारीले व्यवस्थामाथि प्रश्न उठ्ने गरी संविधान विपरीतका माग राख्न नहुने बताएका छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिहेका शिक्षक कर्मचारीलाई दाहालले सो कुरा भनेका हुन् ।
गाडीको ठक्करबाट बैतडीमा सशस्त्र प्रहरी हवल्दारको मृत्यु
गाडीको ठक्करबाट बैतडीमा सशस्त्र प्रहरी हवल्दारको मृत्यु बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका– ८ हरिचनका अन्दाजी ३७ वर्षीय नरेन्द्रसिंह महरा छन् । उनी आश्रित गुल्म बाजुरामा सशस्त्र प्रहरी हवल्दारका रुपमा कार्यरत थिए ।
आज फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ
आज फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।
सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस 
सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस  हङकङबाट तस्करी गरेर ल्याएको करिब ६१ किलो सुन प्रकरणका आरोपितको बयान सकिएपछि बुधबारबाट थुनछेक बहस सुरु हुने भएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंमा प्रहरी नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएपछि बुधबारबाट थुनछेक बहस हुन लागेको हो । 
आज विश्व पर्यटन दिवस, पहिलो उडानबाट आएका विदेशी पर्यटकलाई मन्त्री किरातीले गरे स्वागत
आज विश्व पर्यटन दिवस, पहिलो उडानबाट आएका विदेशी पर्यटकलाई मन्त्री किरातीले गरे स्वागत विश्व पर्यटन दिवस दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।
गैरहाजिर २२ प्रहरीलाई स्पष्टीकरणसहित ७ दिनभित्र हाजिर हुन हेडक्वार्टरको निर्देशन 
गैरहाजिर २२ प्रहरीलाई स्पष्टीकरणसहित ७ दिनभित्र हाजिर हुन हेडक्वार्टरको निर्देशन  आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको भन्दै प्रहरी प्रधान कार्यालयले सातदिने म्याद दिई सम्पर्कमा आउन भनेको हो । कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न पनि भनिएको छ । अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।
ईः अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन
ईः अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् । मंगलबार बिहान उपमेयर सुनिता डंगोल अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । त्यसपछि मेयर बालेन साहले वार्ताका लागि ५ सदस्यीय टोली बनाएका थिए । ईः का तर्फबाट पनि ५ सदस्यीय टोली...
सुन तस्करी प्रकरणमा २६ प्रतिवादीको बयान सकियो, भोलिबाट थुनछेक बहस
सुन तस्करी प्रकरणमा २६ प्रतिवादीको बयान सकियो, भोलिबाट थुनछेक बहस न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान मंगलबार सकिएको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए । उनका अनुसार मंगलबार ४ जना प्रतिवादीको बयान लिइएको थियो ।
Weather Update