News Griha :: न्यूजगृह
आन्दोलनरत शिक्षकका जायज माग पूरा गर्न सरकार तयार छ : कार्यवाहक प्रधानमन्त्री खड्का
आन्दोलनरत शिक्षकका जायज माग पूरा गर्न सरकार तयार छ : कार्यवाहक प्रधानमन्त्री खड्का कार्यवाहक प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाल शिक्षक महासंघसँग भएका सहमति कार्यान्वयन हुने बताएका छन् ।सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणबाट फर्किएलगत्तै कार्यान्वयनको चरणमा जाने बताएका हुन् ।
मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती
मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सक त्यहीँ रोकिएको भन्ने खबरले दुःखी बनाएको बताएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।
चतुर र पारसले सम्झाएपछि चीन लागे सन्दीप
चतुर र पारसले सम्झाएपछि चीन लागे सन्दीप बलात्कार मुद्दाका कारण चिन्तित क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले सम्झाइबुझाइ गरेपछि एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।
दाङमा बस दुर्घटना, २५ जना बढी घाइते
दाङमा बस दुर्घटना, २५ जना बढी घाइते काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
ईःलगायतका सत्याग्रहीहरूसँग यथाशीघ्र वार्ता गरियोस् : भट्टराई
ईःलगायतका सत्याग्रहीहरूसँग यथाशीघ्र वार्ता गरियोस् : भट्टराई नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले विभिन्न माग राख्दै उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईः सँग यथाशीघ्र वार्ता गर्नुपर्ने बताएका छन् ।
दसैँमा एक जनाले १८ हजार ५ सयसम्म नयाँ नोट साट्न पाउने
दसैँमा एक जनाले १८ हजार ५ सयसम्म नयाँ नोट साट्न पाउने आगामी दसैँका लागि एक जनाले १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने बैंकको तयारी छ ।राष्ट्र बैंकले दसैँ—तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ ।
निर्वाचन क्षेत्रका विकास आयोजना बुझ्न सभामुख घिमिरे झापामा
निर्वाचन क्षेत्रका विकास आयोजना बुझ्न सभामुख घिमिरे झापामा सभामुख देवराज घिमिरे आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजना बुझ्न झापा आएका छन् ।
मानव बेचबिखनका आरोपित हस्त गौतम पुर्पक्षका लागि थुनामा
मानव बेचबिखनका आरोपित हस्त गौतम पुर्पक्षका लागि थुनामा सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाले हस्त गौतम र अर्का प्रतिवादी कमल तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको पठाएको सरकारी वकिल कार्यालय काठमाडौंका सहायक न्यायाधिवक्ता चन्द्र सञ्जेलले जानकारी दिए । 
 दसगजा क्षेत्रमा सशस्त्र प्रहरीका पूर्वजवानको हत्या 
 दसगजा क्षेत्रमा सशस्त्र प्रहरीका पूर्वजवानको हत्या  आइतबार मध्यराति हत्या गरिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार ६ महिनाअघि जागिरबाट राजीनामा दिएर घर बसेका पचरौता नगरपालिका— १ का ३४ वर्षीय जवान अमरेश सिंहको हत्या भएको हो ।
पोखराको मणिपाल अस्पतालमा डाक्टरमाथि हातपात, एक जना पक्राउ
पोखराको मणिपाल अस्पतालमा डाक्टरमाथि हातपात, एक जना पक्राउ पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेका छन् । अस्पतालमा उपचार गर्दागर्दै लमजुङ सुन्दरबजार नगरपालिका– ७ का २७ वर्षीय बिरामी सुकमाया दुराको सोमबार दिउँसो मृत्यु  भएपछि उनका आफन्तले डाक्टरमाथि हातपात गरेको प्रहरीले जनाएको छ । 
Weather Update