News Griha :: न्यूजगृह
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारूको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो । उनले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो ।
पोल्याण्ड पठाइदिने भन्दै ठग्ने मेनपावर सञ्चालक पक्राउ
पोल्याण्ड पठाइदिने भन्दै ठग्ने मेनपावर सञ्चालक पक्राउ पक्राउ पर्नेमा राप्ती प्लेसमेन्ट मेनपावरका सञ्चालक चितवन भरतपुर ६ घर भई बसुन्धरा बस्ने वर्ष ४२ का रविन्द्र अधिकारी छन्  । पोल्याण्ड पठाइदिने भन्दै उनले चार जनासँग १२ लाख रुपैयाँ लिइ ठगी गरेको आरोप छ । प्रहरीका अनुसार उनले प्रेम तामाङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १२...
बालेनलक्षित ओलीको अभिव्यक्ति— घमण्डले मान्छेलाई बिगार्छ  
बालेनलक्षित ओलीको अभिव्यक्ति— घमण्डले मान्छेलाई बिगार्छ   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले ईःलाई दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । ओलीले बालेनको घमण्ड बढेको संकेत गर्दै त्यसले बिगार्ने बताए ।सोमबार नेकपा एमाले बाग्मती प्रदेश प्रथम अधिवेशनमा अध्यक्ष ओलीले समस्या बल्झाएर कोही पनि सफल नहुने बताए ।
सरकारलाई केपी ओलीको प्रश्न— एकथरी शिक्षकको माग सम्बोधन हुने, अर्कोको नहुने ?
सरकारलाई केपी ओलीको प्रश्न— एकथरी शिक्षकको माग सम्बोधन हुने, अर्कोको नहुने ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बाग्मती प्रदेश प्रथम अधिवेशनमा एकथरी शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने ? भन्दै प्रश्न गरेका छन् ।उनले सरकारलाई शिक्षकसँग चलाखी नगर्न आग्रह गरे । शिक्षा मन्त्रालयमा वार्ता नहुने, गृह मन्त्रालयमा वार्ता हुने र एकथरी शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने...
चितवनमा बाँझो जमिन खेतीयोग्य बनाउन सुरु
चितवनमा बाँझो जमिन खेतीयोग्य बनाउन सुरु क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ ।  भरतपुर महानगरपालिका–२ मा बाँझो रहेको जमिनको तथ्यांक लिएर खेती लगाउने अभियान सञ्चालन गरिएको हो । वडा समितिले निर्णय गरेर काम सुरु गरिएको हो ।
सेती अस्पतालभित्र पानी पसेपछि उपचारमा समस्या
सेती अस्पतालभित्र पानी पसेपछि उपचारमा समस्या सोमबार बिहानको अविरल वर्षासँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालभित्र पानी पसेपछि बिरामीको उपचार व्यवस्थापनमा कठिनाइ भएको छ ।
सडकमै सुते राहत र ईसीडी शिक्षक 
सडकमै सुते राहत र ईसीडी शिक्षक  संसदमा दर्ता भएको शिक्षा विधेयविरुद्ध आन्दोलन गरिरहेका राहत र ईसीडी शिक्षक सडकमै सुतेका छन् । सोमबार उनीहरूले सरकारलाई दबाब स्वरूप सडकमै सुतेका हुन् ।
बालेनले भने— ईःलाई संवादमा बोलाउँदा आउनुभएन, राजनीतिक स्वार्थ जोडिएको बुझेको छौं
बालेनले भने— ईःलाई संवादमा बोलाउँदा आउनुभएन, राजनीतिक स्वार्थ जोडिएको बुझेको छौं विभिन्न माग राख्दै उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईःले वार्ताका लागि गरिएको आग्रह अस्वीकार गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यसमा राजनीतिक स्वार्थ जोडिएको हुनसक्ने आशंका गरेका छन् । उनले आन्दोलनस्थलमै पुगेर आफूले वार्तामा बस्न गरेको आग्रह अस्वीकार गरिएको जानकारी दिँदै राजनीतिक स्वार्थ भएर वार्ता अस्वीकार गरिएको हुन सक्ने आशंका...
माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन : बालविकास अध्यक्ष थापा
माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन : बालविकास अध्यक्ष थापा नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समिति अध्यक्ष कृष्णकुमारी थापा मगरले माग पूरा नभएसम्म आन्दोलन गर्ने बताएकी छिन् ।असोज ३ गते नेपाल शिक्षक महासंघको आयोजनामा आन्दोलनमा होमिएको केन्द्रीय समिति अहिले पनि आन्दोलनमै छ । सरकार र महासंघबीच भएका सहमतिमा बाल शिक्षकका मागमुद्दा नपरेपछि केन्द्रीय समितिले भने आन्दोलन जारी राखेको हो...
राहत—ईसीडी शिक्षक आन्दोलित, के हुन् माग ?
राहत—ईसीडी शिक्षक आन्दोलित, के हुन् माग ? संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन माग गर्दै राहत र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।सरकार र शिक्षक महासंघबीच भएको सहमतिले आफूहरूको माग सम्बोधन नभएको राहत र ईसीडी शिक्षकको भनाइ छ ।
राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजा
राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजा राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन् ।सोमबार उनले जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् ।
प्रधानमन्त्री दाहाललाई चीनमा गार्ड अफ अनर
प्रधानमन्त्री दाहाललाई चीनमा गार्ड अफ अनर चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ग्रेट हल अफ दि पिपलमा चिनियाँ सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।
Weather Update