शिक्षा विधेयकमा संशोधन सुझाव तीन दिनभित्र पठाउन परिषद्को अनुरोधसोमबार, असोज ८, २०८०

माग पूरा नभए सामूहिक आत्मदाह गर्ने पूर्वमाओवादी लडाकुहरूको चेतावनी आइतबार, असोज ७, २०८० पूर्वमाओवादी लडाकुहरूले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार सिंहदरबारमा भेटेर उनीहरूले आफ्ना समस्या सरकारले सम्बोधन नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।

नेपाली नागरिकता लिने भारतीय पक्राउ आइतबार, असोज ७, २०८० नेपालको नागरिकता लिएको आरोपमा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य पूर्वी चम्पारण–१० खरतरीका ५२ वर्षीय जागा चौधरी भनिने जग्गाप्रसाद जैसवाल छन् ।

महोत्तरीमा ६ लाख ३६ हजार रुपैयाँ लुटियो आइतबार, असोज ७, २०८० महोत्तरीमा बैंकबाट पैसा निकालेर घर फर्किन लागेको एक दम्पतीमाथि लुटपाट भएको छ। गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र उनकी श्रीमती बैंकबाट पैसा झिकेर फर्किँदै गर्दा ६ लाख ३६ हजार रुपैयाँ अज्ञात व्यक्तिले लुटेको प्रहरीले जनाएको छ।
डा. भक्तमान श्रेष्ठ अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ आइतबार, असोज ७, २०८० बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आइतबार पक्राउ परेका छन् ।

प्रचण्डविरुद्धको अवहेलना मुद्दाको बहस सात वर्षपछि सकियो, निर्णय भने आगामी मङ्सिरमा आइतबार, असोज ७, २०८० द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

पेस्तोलसहित धरानबाट एक जना पक्राउ आइतबार, असोज ७, २०८० पक्राउ पर्नेमा धरान उपमहानगरपालिका– १४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्की छन् । प्रहरीले उनको साथबाट १ थान एयर गन पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

शिक्षा विधेयकमा सहमति नभए प्रक्रियाबाट टुंग्याइन्छ : सभामुख घिमिरे आइतबार, असोज ७, २०८० सभामुख देवराज घिमिरेले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई अगाडि बढाउन ‘सभामुखीय भूमिका’ निर्वाह गर्ने बताएका छन् ।

संसदीय समितिमा सरोकारवालाले भने— पर्याप्त गृहकार्यबिनै शिक्षा विधेयक ल्याइयो आइतबार, असोज ७, २०८० राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा सरकारले शिक्षा क्षेत्रका सरोकार भएका पक्षसँग पर्याप्त गृहकार्य नगरी विद्यालय शिक्षासम्बन्धी विधेयक ल्याएकामा टिप्पणी गरिएको छ ।आजको बैठकमा समितिका सभापति प्रकाश पन्थले शिक्षा क्षेत्रका सरोकारवाला पक्षसँग छलफलसहित सार्वजनिक शिक्षाको गुणस्तरवृद्धि र संविधानको मौलिक हक कार्यान्वयनका लागि सरकार र सम्बन्धित निकाय सचेत हुनुपर्ने...

प्रधानसेनापति शर्मा भारत प्रस्थान आइतबार, असोज ७, २०८० नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।

बाजुरामा अझै चामल अभाव आइतबार, असोज ७, २०८० दुई सातादेखि चामल अभाव रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्तडीमा शनिबार दुई सय क्विन्टल चामल पुर्याइएको छ । कम्पनीको हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्री केन्द्रमा भने अझै चामल अभाव छ ।

एसियाडका लागि क्रिकेट खेलाडीको बिदाइ, काे–काे छन् टोलीमा ? आइतबार, असोज ७, २०८० नेपाल क्रिकेट संघ (क्यान) ले चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ ।

बेइजिङ पुगे प्रचण्ड, नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने आइतबार, असोज ७, २०८० चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार बेइजिङ आइपुगेका छन् ।चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङझाउ आइपुगेका प्रधानमन्त्री दाहाल स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुगेका हुन् ।









