News Griha :: न्यूजगृह
पेस्तोलसहित धरानबाट एक जना पक्राउ
फाइल तस्बिर ।

सुनसरी— पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका– १४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्की छन् । प्रहरीले उनको साथबाट १ थान एयर गन पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको संयुक्त टोलीले कार्कीलाई शनिबार दिउँसो पक्राउ गरेको हो । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १७:५४
Weather Update