News Griha :: न्यूजगृह
शिक्षा विधेयकमा सहमति नभए प्रक्रियाबाट टुंग्याइन्छ : सभामुख घिमिरे

काठमाडौं— सभामुख देवराज घिमिरेले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई अगाडि बढाउन ‘सभामुखीय भूमिका’ निर्वाह गर्ने बताएका छन् ।

सात दिने आयरल्याण्ड भ्रमण पूरा गरी स्वदेश फर्किएर त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग बोल्दै सो कुरा बताएका हुन् ।

‘विधेयकलाई अगाडि बढाउन सभामुखको भूमिका जे हुनुपर्छ, त्यही गर्छु,’ उनले भने,‘विधेयक सदनमा लैजाने, छलफल गर्ने, सहमति गर्ने, सहमति भएन भने प्रक्रियाबाट टुंग्याउने काम हुन्छ ।’

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १७:०१
Weather Update