क्यान मतगणना अपडेट : सचिवमा पारस खड्का ८ मतले अगाडिशनिबार, असोज ६, २०८०

क्यान निर्वाचनको मतगणना जारी, सचिवमा पारस र प्रशान्तबीच कडा प्रतिस्पर्धा शनिबार, असोज ६, २०८० नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना भइरहेको छ ।

प्रहरी कुट्ने तीनजना पक्राउ शनिबार, असोज ६, २०८० इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका–७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल र विष्णु कटुवाल पक्राउ परेका हुन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक धनश्याम श्रेष्ठका अनुसार हातपातबाट इप्रका बानाका प्रहरी हवल्दार सन्तोष राई घाइते छन् ।

क्यानको अधिवेशनमा मतदान सुरु शनिबार, असोज ६, २०८० अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भइसकेका छन् । तर सचिव पदमा पूर्वकप्तान पारस खड्का र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा छ ।

शिक्षक घर फर्कंदै, छुटेको कक्षा बिदामा पढाइने शनिबार, असोज ६, २०८० नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ ।महासंघकी अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ ।

क्यानको अध्यक्षमा चन्द निर्विरोध शनिबार, असोज ६, २०८०

नेपाली सेनाले दियो विद्यार्थीलाई वन्यजन्तु संरक्षणसम्बन्धी शिक्षा शनिबार, असोज ६, २०८० बाँकेको राप्तिसोनारी गाउँपालिका–८ ओभरीस्थित बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले विद्यार्थीलाई प्रकृति र वनयजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गराएको छ ।शुक्रबार निकुञ्ज संरक्षणमा रहेको अर्जुनवाण गणको संयोजनमा निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गत रहेका पाँच विद्यालयका छात्रछात्रालाई प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गराएको हो ।कार्यक्रममा सहभागी...

धानबालीमा ग्वारो रोगले पर्साका किसान चिन्तित शनिबार, असोज ६, २०८० धानबालीमा ग्वारो रोग फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत विभिन्न स्थानमा ग्वारो किराको समस्या फैलिएपछि किसान चिन्तित बनेका हुन् ।

सभामुख घिमिरेद्वारा आयरल्याण्डका राष्ट्रपतिसँग शिष्टाचार भेट शनिबार, असोज ६, २०८० सभामुख देवराज घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी.हिगिन्ससँग शिष्टाचार भेट गरेका छन् ।

मुगुको गमगढी बजारमा आगलागी, ६ घर जले शनिबार, असोज ६, २०८० मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । शुक्रबार राति बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

सरकार र शिक्षक महासंघको सहमतिमा राहत र बाल शिक्षक असन्तुष्ट शनिबार, असोज ६, २०८० सरकार र शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिप्रति राहत र बाल शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । उनीहरुले आन्दोलनको चेतावनी दिएका छन् ।नेपाल राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले आफ्ना मागमा सरकारले सहमति नजनाएपछि वार्ता नै वहिष्कार गरे ।

आज देशभर कस्तो रहला मौसम ? शनिबार, असोज ६, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह शुक्रबार, असोज ५, २०८० विमानस्थल क्षेत्रमा पटकपटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले सो कार्य नगर्न सबैमा आग्रह गरिएको प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।









