शिक्षा विधेयकलाई सर्वस्वीकार्य बनाउन कांग्रेसले पहलकदमी लिनेशुक्रबार, असोज ५, २०८०

सुन तस्करी प्रकरण : छानबिन आयोग गठनमा जुटेन सहमति शुक्रबार, असोज ५, २०८० सिंहदरबारस्थित गृह मन्त्रलायमा शुक्रबार बसेको प्रमुख दलका नेताहरूको बैठकमा आयोग बनाउने विषयमा सहमति जुट्न नसकेको हो । नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले उच्चस्तरीय आयोग बनाउने विषयमा सहमति नजुटेको बताए ।

पशुपतिको जलहरीमा अनियमितता भएको अख्तियारको निष्कर्ष शुक्रबार, असोज ५, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्का अनुसार जडान नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको दाबी अख्तियारको छ ।

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता शुक्रबार, असोज ५, २०८० शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा गम्भीर छलफल शुक्रबार, असोज ५, २०८० देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवाहरूलाई शुक्रबार गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गरेका छन् ।गृहमन्त्री श्रेष्ठले विश्वकै मौलिक धार्मिक सहिष्णुता भएको नेपालमा निहित उद्देश्यका कतिपयले धार्मिक उद्दण्डता देखाएर परिस्थिति भड्काउन खोजेको हुनसक्ने तर त्यसको प्रशासनिक भन्दा पनि समुदायगत समाधान...

शिक्षा विधेयकले शिक्षाको व्यापारलाई संस्थागत गरेको छ : बास्तोला शुक्रबार, असोज ५, २०८० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धमेन्द्र बास्तोलाले प्रस्तावित शिक्षा विधेयकले शिक्षाको व्यापारिकरणलाई संस्थागत गरेको आरोप लगाएका छन् ।आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले, प्रस्तावित शिक्षा विधेयकले, शिक्षालाई व्यापारिकरण गरेको आरोप लगाएका हुन् ।

विद्यालय सञ्चालन गर्न स्थानीय तहका प्रमुखको निर्देशन शुक्रबार, असोज ५, २०८० काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको शुक्रबार धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन दिएको हो ।

सरकार र आन्दोलनरत शिक्षकबीच पुनः वार्ता सुरु शुक्रबार, असोज ५, २०८० सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । वार्तामा नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठन, परिषद्का प्रतिनिधि सहभागी छन् । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको आयोजनामा शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

यथाशीघ्र पठन–पाठन सुचारु हुने वातावरण मिलाउन लोसपाको आग्रह शुक्रबार, असोज ५, २०८० लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेपाल शिक्षक महासंघको आयोजनामा जारी शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।लोसपाका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई गम्भीर भएर सहमतिमा पुग्न आग्रह गरेका छन् ।

अपडेट : शिक्षकसहित १७ पक्राउ शुक्रबार, असोज ५, २०८० प्रहरीले शिक्षकसहित १७ जनालाई पक्राउ गरेको छ ।विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

अहिलेको शिक्षा प्रणालीले सक्षम जनशक्ति उत्पादन गर्न सक्दैन : पूर्वप्रधानमन्त्री नेपाल शुक्रबार, असोज ५, २०८० पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव नेपालले देशको विद्यमान शिक्षा प्रणालीले वर्तमान चुनौतीको सामना गर्ने योग्य र सक्षम जनशक्ति तयार पार्न नसक्ने बताएका छन् ।

आन्दोलनरत ११ शिक्षक पक्राउ शुक्रबार, असोज ५, २०८० विद्यालय शिक्षा विधेयकविरुद्ध तीन दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका ११ जना शिक्षक शुक्रबार पक्राउ परेका छन् ।आन्दोलनस्थलबाट निषेधित क्षेत्र तोडी सरकारविरुद्ध नाराबाजी गर्दै सिंहदरबार प्रवेश गर्न खोजेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

अविरल वर्षाले बाग्लुङमा घर भत्कियो,परिवार विस्थापित शुक्रबार, असोज ५, २०८० बाग्लुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर परिवार विस्थापित भएको छ ।









