News Griha :: न्यूजगृह
सरकार र आन्दोलनरत शिक्षकबीच पुनः वार्ता सुरु

काठमाडौं— सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । वार्तामा नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठन, परिषद्का प्रतिनिधि सहभागी छन् ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको आयोजनामा शिक्षकले बुधबारदेखि  काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । आन्दोलन आज तेस्रो दिन पनि जारी छ ।

सरकारसँग चरण—चरणमा वार्ता भए पनि विफल हुँदै आएको छ । वार्ता आज बिहान पनि भएको थियो तर निष्कर्षमा पुग्न सकेन ।

त्यसपछि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका थिए ।

मन्त्रीहरूसँगको छलफलपछि अहिले शिक्षकसँग वार्ता भइरहेको हो ।

शिक्षकसँगको वार्ता टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १५:५७
Weather Update