News Griha :: न्यूजगृह
अपडेट :  शिक्षकसहित १७ पक्राउ

काठमाडौं— प्रहरीले शिक्षकसहित १७ जनालाई पक्राउ गरेको छ ।

विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा १७ जना रहेका र उनीहरुलाई अहिले सिंहदरबार वृत्तमा लगिएको छ ।

पक्राउ पर्नेमा मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित छन् । उनीहरूले शिक्षा विधेयक फिर्ता गर्नुपर्ने भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १५:१४
Weather Update