News Griha :: न्यूजगृह
शिक्षा विधेयकले शिक्षाको व्यापारलाई संस्थागत गरेको छ : बास्तोला

काठमाडौं— क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धमेन्द्र बास्तोलाले प्रस्तावित शिक्षा विधेयकले शिक्षाको व्यापारिकरणलाई संस्थागत गरेको आरोप लगाएका छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले, प्रस्तावित शिक्षा विधेयकले, शिक्षालाई व्यापारिकरण गरेको आरोप लगाएका हुन् ।

‘नेपालमा शिक्षा र स्वास्थ्य जस्तो मानिसको मौलिक अधिकारमाथि व्यापारिकरण गर्ने अपराध राज्यले गरेको छ । त्यसको अन्त्य गर्नुपर्छ । यो शिक्षा विधेयकले शिक्षालाई घुमाउरो तरिकाले व्यापारिकरणलाई संस्थागत गरेको छ,’ उनी भन्छन् ।

सरकारले शिक्षामा परिर्वतन ल्याउन खोजे जस्तो गरेर जनतामा भ्रम मात्रै छरेको टिप्पणी गरे ।

उनले भने,‘शिक्षा प्रणाली परिवर्तन गनुपर्ने लामो समयदेखिको मागलाई सरकारले शिक्षा विधेक ल्याएर शिक्षा प्रणालीमा परिर्वतन दिन खोजेको एउटा भ्रम दिन खोजेको छ । तर जुन विधेयक छ त्योभित्र कुनै पनि परिवर्तन छैन । सामान्य परिवर्तन होला तर आधारभूत रुपमा परिवर्तन छैन‍ तर भ्रम दिने कोसिस भने भएको छ ।’

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १७:१६
Weather Update