सुन तस्करी प्रकरण : छानबिन आयोग गठनमा जुटेन सहमति

काठमाडौं— सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष सकिएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रलायमा शुक्रबार बसेको प्रमुख दलका नेताहरूको बैठकमा आयोग बनाउने विषयमा सहमति जुट्न नसकेको हो । नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले उच्चस्तरीय आयोग बनाउने विषयमा सहमति नजुटेको बताए ।
बर्तौलाले भने, 'सरकार आयोग गठनप्रति जिम्मेवार छैन । जिम्मेवार बोधका साथ अघि बढ्न तयार छैन । भएका सहमति कार्यान्वयन गर्न जिम्मेवार छैन ।'
गत भदौ ६ गते सीआईबीको अनुसन्धानपछि आयोग बनाउने विषयमा संसद्का राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच सहमति जुटेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १९:०७













