आन्दोलनरत ११ शिक्षक पक्राउ

काठमाडौं— विद्यालय शिक्षा विधेयकविरुद्ध तीन दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका ११ जना शिक्षक शुक्रबार पक्राउ परेका छन् ।
आन्दोलनस्थलबाट निषेधित क्षेत्र तोडी सरकारविरुद्ध नाराबाजी गर्दै सिंहदरबार प्रवेश गर्न खोजेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ११ शिक्षक पक्राउ परेका हुन् ।
बुधबारदेखि नेपाल शिक्षक महासंघको आयोजनामा भएको आन्दोलनका क्रममा शिक्षकहरूले बुधबार र बिहीबार नयाँ बानेश्वरमा पनि निषेधित क्षेत्र तोड्न खोजेका थिए । सो क्रममाः प्रहरी र शिक्षकहरूबीच धकेलाधकेल भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १४:१८













