News Griha :: न्यूजगृह
अविरल वर्षाले बाग्लुङमा घर भत्कियो,परिवार विस्थापित

बाग्लु‍ङ— बाग्लुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर  परिवार विस्थापित भएको छ ।

नाली निर्माणका क्रममा चर्किएको घर गए रातिको वर्षाका कारण पूर्णरुपमा भत्किएको हो । बाग्लुङ नगरपालिकाले अहिले मरेपीपलमा अतिक्रमण सडकमा भएका संरचना हटाउने तथा सडक बिस्तार गर्ने र नाली निर्माण गरिरहेको छ ।

नाली विस्तारका लागि जग खन्नेक्रममा भारी वर्षा भएपछि नालीको पानी घरमा पसेर घर भत्किएको हो । नाली निर्माण गर्दा जोखिममा परेको घर वर्षाको पानीले स्थानीय भगवती सापकोटाको घर भत्किएको हो । दुईतले कच्ची घर भत्किएपछि छिमेकीको घरमा आश्रय लिएर बसेको सापकोटाले बताइन् ।

आर्थिक अवस्था न्यून रहेको सापकोटाको परिवार विस्थापित भएपछि बाग्लुङ नगरपलिकाले घर निर्माणमा सहयोग पुर्‍याउने आश्वासन दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:३४
Weather Update