News Griha :: न्यूजगृह
मुगुको गमगढी बजारमा आगलागी, ६ घर जले 

काठमाडौं— मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । शुक्रबार राति बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीले नियन्त्रणमा लिएको उनले बताए । डीएसपी थापाका अनुसार बजारका ६ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । मानवीय क्षति छैन ।

ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको डीएसपी थापाकाे भनाइ छ । जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्यास सिलिण्डर पसल थिए । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०७:११
Weather Update