क्यानको अधिवेशनमा मतदान सुरु

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान)को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।
अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भइसकेका छन् । तर सचिव पदमा पूर्वकप्तान पारस खड्का र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा छ ।
त्यस्तै पाँच प्रदेशबाट चयन हुने एकएक जना सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको छ । त्यस्तै खुलातर्फका ५ जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ ।
क्यानको महिला सदस्यमा जयन्तीदेवि भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध चयन भइसकेका छन् ।
प्रकाशित मिति: शनिबार, असोज ६, २०८० १४:५०