News Griha :: न्यूजगृह
क्यान मतगणना अपडेट : सचिवमा पारस खड्का ८ मतले अगाडि

काठमाडौं— नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

पदाधिकारीमध्ये अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनबहादुर सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्वारोध भएका छन् । सचिवमा भने पूर्व कप्तान पारस खड्का र प्रशान्त विक्रम मल्लबीच प्रतिस्पर्धा भएको थियो । 

अहिलेसम्म ५० मतको गणना भइसक्दा सचिवमा पारस खड्काले अग्रता लिएका छन् । उनले २९ मत ल्याएका छन् भने प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले २१ मत ल्याएर पछ्याइरहेका छन् ।

चुनावमा ८५ मत खसेको थियो । पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका हुन् भने प्रशान्तले ‘स्वतन्त्र’ उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १६:४२
Weather Update