News Griha :: न्यूजगृह
क्यानको अध्यक्षमा चन्द निर्विरोध

काठमाडौं— नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार बानेश्वरस्थित एभरेष्ट होटलमा जारी चुनावी प्रक्रियामा अध्यक्षका प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी नै दर्ता नगरेपछि चन्द निर्विरोध भएका हुन् । यसअघि उनले अध्यक्षमा उठ्ने घोषणा गरेका थिए ।

सचिवमा चन्द प्यानलबाट राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले उम्मेदवारी दिएका छन् । पारसविरुद्ध केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा चन्द प्यानलबाट पदम खड्का निर्विरोध भएका छन् । महिला सदस्यमा सुदूरपश्चिमकी जयन्ती भट्ट निर्विरोध निर्वाचित भएकी छन् ।

यसअघिको कार्यकालमा पनि जयन्ती निर्विरोध भएकी थिइन् । क्यानका लागि १७ सदस्यीय कार्यसमितीका लागि आज निर्वाचन हुँदै छ । १९ सदस्यमध्ये २ जना भने राष्ट्रिय खेलकुद परिषद् राखेपले मनोनयन गर्नेछ ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १२:३२
Weather Update