News Griha :: न्यूजगृह
शिक्षा विधेयकमा संशोधन सुझाव तीन दिनभित्र पठाउन परिषद्को अनुरोध

काठमाडौं— देशभरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको साझा संस्था नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक संशोधनका लागि विद्यालय कर्मचारीहरुसँग आवश्यक राय सुझाव माग गरेकाे छ ।

सोमबार परिषद् अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७७ वटै जिल्ला कार्यसमितिलाई पत्र पठाउँदै कार्यसमितिमार्फत सुझाव माग गरेका हुन् ।

परिषद्ले शिक्षा विधेयकको कुन कुन बुँदामा के के संशोधन गर्नुपर्ने हो त्यो बुँदागत रुपमा प्रस्ट हुनेगरी परिषद्को इमेल ठेगानामा आजदेखि तीन दिनभित्र पठाउन अनुरोध गरेको छ । संशोधनको फाराम पत्रमै उल्लखे छ ।

परिषद्ले सबै विद्यालय कर्मचारीहरूलाई अनुरोध गर्दै राजनीतिभन्दा विद्यालय कर्मचारीहरूको हकहितमा लाग्न पनि अनुरोध गरेको छ ।


 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०९:५७
Weather Update