सडकमै सुते राहत र ईसीडी शिक्षक

काठमाडौं— संसदमा दर्ता भएको शिक्षा विधेयविरुद्ध आन्दोलन गरिरहेका राहत र ईसीडी शिक्षक सडकमै सुतेका छन् ।
आफ्ना माग पुरा गराउन दबाब स्वरूप उनीहरू सोमबार बानेश्वरमा सडक मै सुतेका हुन् ।
सरकार र शिक्षक महासंघबीच सहमति भए पनि त्यसले आफूहरुको माग सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।
यो पनि
राहत—ईसीडी शिक्षक आन्दोलित, के हुन् माग ?
माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन : बालविकास अध्यक्ष थापा
प्रकाशित मिति: सोमबार, असोज ८, २०८० १३:३४













