प्रधानमन्त्री दाहाललाई चीनमा गार्ड अफ अनर

बेइजिङ— चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ग्रेट हल अफ दि पिपलमा चिनियाँ सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।
प्रधानमन्त्री दाहाललाई चिनियाँ सेनाले सोमबार ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।
प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी लि छ्याङबीच पनि बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।
त्यसअघि प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज ८, २०८० १०:२७













