News Griha :: न्यूजगृह
पोल्याण्ड पठाइदिने भन्दै ठग्ने मेनपावर सञ्चालक पक्राउ

काठमाडौं— पोल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ कुम्ल्याएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती प्लेसमेन्ट मेनपावरका सञ्चालक चितवन भरतपुर ६ घर भई बसुन्धरा बस्ने वर्ष ४२ का रविन्द्र अधिकारी छन्  । पोल्याण्ड पठाइदिने भन्दै उनले चार जनासँग १२ लाख रुपैयाँ लिइ ठगी गरेको आरोप छ ।

प्रहरीका अनुसार उनले प्रेम तामाङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गरेका हुन् । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १८:१८
Weather Update