
काठमाडौं— विभिन्न माग राख्दै उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईः ले वार्ताका लागि गरिएको आग्रह अस्वीकार गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यसमा राजनीतिक स्वार्थ जोडिएको हुनसक्ने आशंका गरेका छन् ।
उनले आन्दोलनस्थलमै पुगेर आफूले वार्तामा बस्न गरेको आग्रह अस्वीकार गरिएको जानकारी दिँदै राजनीतिक स्वार्थ भएर वार्ता अस्वीकार गरिएको हुनसक्ने आशंका गरेका हुन् ।
मेयर बालेनले सोमबार फेसबुकमा लेखेका छन्,‘विगत केही दिनदेखि केही अभियनताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं यहाँहरुको कुरा र समस्या सुनौं भन्दा अभियनताहरू संवादमा बोलाउँदा आउन खोज्नुभएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं । के वार्ता हामीले उहाँहरुको नेतासँग गर्नपर्ने ?’