News Griha :: न्यूजगृह
निर्वाचन क्षेत्रका विकास आयोजना बुझ्न सभामुख घिमिरे झापामा

झापा—  सभामुख देवराज घिमिरे आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजना बुझ्न झापा आएका छन् । सभामुख घिमिरे तीन दिन बिर्तामोडमै रहेर आयोजनाको अवलोकन र जनतासँग अन्तर्क्रिया गर्नेछन् । 

सभामुखको सचिवालयका अनुसार उनले मुक्तिचोक–शनिश्चरे–जयपुर सडक अवलोकन, भूमिहीनसँग छलफल, बिर्ता–भद्रपुर सडक, बिरिङ प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

सभामुख घिमिरेले बिर्तामोडमा सोमबार साँझ पत्रकार सम्मेलनमा आफ्नो झापा बसाइ पूर्णरुपमा विकास काममा केन्द्रित भएको बताए । 

‘यसपटक विकास आयोजनाको निरीक्षण र कतिपय आयोजना सञ्चालन गर्न काठमाडौंमा गरेका छलफलको फलोअप गर्न आएको छु, निर्वाचन क्षेत्रका आयोजनामा मेरो निरन्तर निगरानी रहन्छ’ उनले भने ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०९:५९
Weather Update