News Griha :: न्यूजगृह
 दसगजा क्षेत्रमा सशस्त्र प्रहरीका पूर्वजवानको हत्या 

बारा— बाराको पचरौता नगरपालिका—१ पिपरपाती गाउँ नजिककै नेपाल—भारत दसगजामा सशस्त्र प्रहरीका एक पूर्वजवानको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

आइतबार मध्यराति हत्या गरिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

उनका अनुसार ६ महिनाअघि जागिरबाट राजीनामा दिएर घर बसेका पचरौता नगरपालिका— १ का ३४ वर्षीय जवान अमरेश सिंहको हत्या भएको हो ।

हत्या आरोपमा भारतीय र नेपाली नागरिक गरी चार जनलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए । मृतकको टाउको, घाँटीलगायतका शरीरका विभिन्न भागमा गहिरो चोट छ ।

घटनाबारे भारतीय समकक्षी सुरक्षा निकायसित समन्वय गरी गहिरो अनुसन्धान भइरहेको पनि प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।

प्रारम्भिक अनुसन्धानबाट भारतीय र नेपाली मदिरा व्यापारीहरू मिलेर रिसइबीले हत्या गरेको बुझिएको प्रहरी उपरीक्षक काफ्लेले बताए । घटनापछि घटनास्थल आसपास क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  २०:०५
Weather Update