दसैँमा एक जनाले १८ हजार ५ सयसम्म नयाँ नोट साट्न पाउने

काठमाडौं— आगामी दसैँका लागि एक जनाले १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले दसैँ—तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी रहेकाे जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० १०:०७













