News Griha :: न्यूजगृह
दाङमा बस दुर्घटना, २५ जना बढी घाइते
फाइल तस्बिर

दाङ— काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ, लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

कर्णाली  प्रदेश ०२–००१ ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए । 

बसमा ४५ जना यात्रु सवार थिए । के कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १०:४८
Weather Update